काठमाडौं– प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको चौथो शिखर सम्मेलनबारे संसदमा जानकारी गराएलगत्तै सांसदहरुले सम्मेलनबारे प्रधानमन्त्रीसँग प्रश्न सोधेका छन् । झण्डै एक दर्जन सा.सदहरुले भारतमा हुन लागेको संयुक्त सैन्य अभ्यासबारे प्रश्न गरेका छन् ।
सांसदहरुका प्रश्न यस्ता छन् ।
दिव्यमणी राजभण्डारी – सैन्य अभ्यास किन आवश्यक पर्यो ?
प्रेम सुवाल– भारत सार्कको छाता बन्ने कुरा के हो ? मोदीको सुरक्षाका क्रममा भारतीय सुरक्षाकर्मी नेपाल किन आए ?
मिनेन्द्र रिजाल–ज्वाइन्ट मिलिटरी एक्सरसाइजको आवाश्यक्ता किन पर्यो ?
रामबहादरर विष्ट – संयुक्त सैन्य अभ्यासको कुरा नेपालको हितमा छ कि छैन ?
अमरेश कुरमार सिंह – विमस्टेक बैठक सफल भयो भनेर किन भनिरहनुपर्यो ? सार्क टेकअफ हुन नसकेको अवस्थामा विमस्टेक टेकअफ कसरी हुन्छ ?
भरतकुमार साह – रिट्रिको स्थान बदल्नुमा यातायात मन्त्रालयको असक्षमता प्रकट भएन ?
मिनबहादुर विश्वकर्मा –मोदी बायुसेनासहित काठमाडौ उत्रँदा अन्य देशसँगको कुटनीतिक सन्तुलनमा के प्रभाव पर्छ ?
दिलेन्द्रप्रसाद बडु –सार्कको ढिलाइ हुनुमा के कारण छ ?
सरिता गिरी – सफलतापूर्वक सम्मेलन सम्पन्न गरेकोमा धनयवाद ।
मिना सुव्वा – भारतीय प्रधानमन्त्री आउदा नेपाली सेनालाई किन उपेक्षा गरियो ?
महेन्द्र राय यादव – वीरगञ्ज काठमाडौँ र चीनसँगको रेलवे कहिले र कुन छिटो सम्पन्न हुन्छ ?










