Tweet नेपालको राजधानी काठमाडौँको मुटु मानिने रत्न पार्कको छुटै कथा छ छुटै व्यथा छ कतै आँखा देख्न नसक्नेहरुको आफ्नै पिडा पोख्ने ठाउँ बनेको छ त कतै हात खुट्टा नभएकाहरुको हात पसारेर मागी खाने थलो त कतै म्युजिक भिडियोहरुको सुटिङ गर्ने थलो यसरीनै बित्छ रत्न पार्कको दिनचार्य। उता यौन कर्मीहरुको पनि आफ्नै कथा र व्यथाको कारण आइपुगेकाछन् रत्नपार्कमा।

एकजना यौन कर्मी अलि छुटै सैलिमा पार्क भित्रै चुरोट तान्दै बसेकी थियिन अलिक टाइट र अलि छोटो थियो उनको पहिरन यतिकैमा एकजना हट्टा कट्टा जवान आएर सोद्छन् कसैलाई पर्खिनु भाको हो ? युवतीले ठट्यौलि पारामा भन्छिन हो म कसैलाई पर्खि बसेको छु, फेरि युवक बोल्छ को होला त्यो भाग्यमानी व्यक्ति ? युवती फेरि हास्दै बोल्छे त्यो भाग्यमानी व्यक्ति मेरो छेउमै मसंगै बोलि रहेको छ दुवै हेरा हेर गरेर खित्का छोडेर हास्छन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यतिकैमा युवाले मुखै फोरेर भन्छन आज म संग रमाइलो गर्न जाने हो ? युवती युवकलाई राम्ररी नियाल्दै बोल्छिन जाने मेरो काम नै त यहि हो। युवकले सोद्छ कति लिनु हुन्छ ? युवतीले उतार दिन्छिन १५ मिनेटको हजार र होल नाइटको पाँचहजार कुन रोज्नु हुन्छ ? युवक होल नाइट, पाँचहजार धेरै भएनर ? तर मलाइ तिमि खुब मन पर्यो। जाबो पाँच हजार के धेरै होर मन परेको मान्छेलाइ दिन ? युवक ओके जाउँ न त। युवती कता जाने हो ? युवक सामाखुसी मेरै कोठामा। युवतीले ओके भन्छन र दुवै केटाको मोटर साइकलमा चडेर सामाखुसी केटाको कोठामा पुग्छन। केटालाई अलि हतारो लागे जस्तो हुन्छ दुबैले कपडा खोल्छन र सुत्छन र बिहान उठ्छन केटाले सोद्छ तिमि यति राम्री छौ किन यस्तो नराम्रो काम गर्छौ ? केटीले आँखा भरि आँसु परेर आफ्नो वास्तविक कथा सुनाउछ मेरो ७५ बर्षको रोगि आमा छ जसलाई क्यान्सर भाको छ र मेरो १२ बर्षको एक भाइ छ जसलाई म धेरै माया गर्छु उसको किड्नी दुवै फेल भाको छ। उपचारको लागि मैले खर्च जुटाउन धेरै कोसिस गरे ऋण खोजे तर जुटाउन सकिन ऋण दिन कसैले पत्त्याएन काम गरे उल्टै साहुले यौन सोषण गर्यो धेरै बिकल्पहरु खोजे कतै केहि सिप चलेन र म बाध्य भएर यो काम गारेको हो भन्दै भक्कानिएर रोइन उनि युवकले पनि धुरु धुरु आँसु झारे।

यतिखेर आमा र भाइ कोठामा छोरी कहिले आउँछिन र खाने कुरा ल्याउछिन भनेर पर्खेर बसेको छ म निस्कने बेला र फर्के पछि हामी तीनजनाको कोठामा जहिले रुवाबासी चल्छ निस्किदा हुर्केकी छोरी कोठा नफर्केलिन भनेर आम रुनु हुन्छ फर्के पछि आजत छोरी फर्की भनेर खुसीले रुनु हुन्छ र भाइ र म पनि संगै रुन्छौ आमा भन्नु हुन्छ मेरो उपचार त अब त्यस्तै हो भाइको दुवै किड्नी जसरि पनि फेरिस है छोरी तलै ठुलै धर्म मिल्छ म मरे पछि भाइको आमा भनेनी तिमि बाबा भनेकी तिमि सबै तिमि हौ भनेर रुनु हुन्छ फेरि हामि तिनै जना अंगालोमा बेस्सरी बेरिएर रुन्छौ। यो दर्दनाक कुरा सुनेर केटाको सायद मुटु फुटेर आयो निकै बेर भक्कानिएर रोए।

केटाले भने अब तिमि यस्तो काम नगर म संग बिहे गरेर घरजम गरेर बसौ तर केटीले इन्कार गरिन म जस्तो नगर बधु संग तिम्रो बिहे हुनैसक्दैन फेरि केटाले सिरानी मुनिबाट पाँचहजार पैसा निकालेर दिदै म तिमिसंग बिहे गर्छु नाइँ नभन ल के भनेको थियो केटीले पैसा थापेर रुदै ल जन्ती लिएर आउ भने केटाले कहाँ भन्दा केटीले त्यहीं मलाइ जहाँ भेट्नु भयो रत्नपार्कमा भन्दै रुदै भक्कानिदै दगुरिन आफ्नो गन्तब्य तिर, केटा जिल्ला पर्दै भौंतारिदै बसे।

यो सत्य घटनामा आधारित लेख हो। त्यसैले पात्रहरुको नाम संबेदनशिलतालाई ध्यानमा राखी उल्लेख गरिएको छैन यो घटना धेरै जनासंग मिल्न पुगे क्षमा प्राथी छौ।  मेरो कथा ड्ट साइट बाट साभार