जनकपुरधाम । अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।

गोली लागेर लक्ष्मीनियाँ गाउँपालिका १ का ३५ वर्षीय संजय शर्मा गम्भीर घाईते भएको हुन । दाहिने तर्फ पेटमा गोली लागेका शर्माको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार राति करिब साढे ९ बजेको समयमा शर्मा दाजुभाई मोटरसाईकलमा जनकपुरधामबाट आफ्नो घर फर्किरहेको बेला जनकपुरधाम ढल्केवर सडक खण्डको लक्ष्मीनिया बाजार नजिक अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । मोटरसाईकलमा आएका हतियारधारीले गोली प्रहार गरी फरार भएका छन् ।

घटना विषयमा अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने व्यक्तिको खोजविन भइरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । गोली प्रहारको घटना भएपछि धनुषामा सुरक्षा चेकजाँचमा कडार्ई गरिएको छ । जनता समाचार बाट