चितवन । एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट मंगलबार अपराह्न त्रिशूली नदीमा खसेको छ।

जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे नदीमा खसेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ । कण्टेनर नदीले बगाएर जुगेडी ल्याई पुर्याएको जनाइएको छ ।

प्रहरीका अनुसार त्यसमा अन्य व्यक्ति छैनन् । अनियन्त्रित भई त्रिशूलीमा खसेको कण्टेनर नदीबाट निकाल्ने प्रयास भइरहेको छ । रासस