कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारीमा सरकार लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा ९० प्रतिशत बढुवा ज्येष्ठताका आधारमा र १० प्रतिशत मात्रै आन्तरिक प्रतिस्पर्धामा गर्ने व्यवस्था राखिएको हो ।

सरकारको यस्तो निर्णय निजामती प्रशासनको भविष्यका लागि घातक हुने भन्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् । संघीय निजामती सेवा ऐनको विधेयकले निजामती सेवालाई झनै सुस्त र भद्दा बनाउने कर्मचारीहरूको ठहर छ । उनीहरूले कार्यसम्पादन क्षमतालाई बढुवाको मुख्य आधार बनाउनुपर्ने माग गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘हिजो जुन–जुन कारण सार्वजनिक प्रशासन बदनाम भयो, विधेयकले ती प्रावधानहरूलाई झनै प्रोत्साहित गर्ने गरी मस्यौदामा समेटेको छ,’ एक अधिकृतले भने, ‘बढुवा हुन योग्यता, क्षमताको आधारमा भन्दा गाला चाउरी पार्नुपर्ने भयो । यसमा हाम्रो आपत्ति छ ।’ मन्त्रालयले मस्यौदामा कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ वर्ष प्रस्ताव गरेको छ ।,यो खबर आजको नयाँ पत्रिकामा दैनिकमा छ ।