सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६ गुठी परसौनीमा धोबाहा खोलामा पुल नहुदाँ स्थानियहरुलाई बर्षाको समयमा निकै समस्या भोग्न परेको छ । साबिक गुठी परसौनी र पक्लिहवा गाविस जोडने एक मात्र मार्ग रहेको र ऊक्त खोलामा पानीको सतह बढेपछी सो मार्ग बर्षातको समयमा बन्द समेत हुदै आएको हुदाँ स्थानियहरुलाई समस्या भोग्न परेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्माणाधिन अवस्था रहेको उक्त खोलाको पुलमा अहिले सम्म जमिनी सतहको काम मात्र पुरा हुन सकेको हुदाँ यात्रुहरुलाई आवत जावत गर्नको लागी मुख्य मार्ग देखी करिब ५० मिटर मिटर उत्तर तर्फ सुस्ता गाऊपालिका र स्थानियहरुको सहयोगमा होम पाईप जडान गरि बाटो डाईभर्सन गरेको हुदाँ पनि पानिको सतह बढदा सवारी साधन र पैदल यात्रा मात्र गर्न निकै कठीनाई भएको स्थानियहरुले बताए ।

बिकल्पकै रुपमा रहेको अर्को जस्मा पैदल यात्रा मात्र गर्न सक्ने अर्को दक्षिणीको पुल जिर्ण अवस्थामा रहेको हुदाँ दैनिकी आवत जावत गर्ने मानिसहरुले जोखीपुर्ण यात्रा गर्न बाध्य भएका छन

बिगत लामो समय पछि सडक डिभिजन कार्यालयले पुलको लागी बजट बिनियोजन गरेपनि निर्माणाधिन पुल समय अवधि यहि आऊदो माघ मसान्त सम्म कार्य सम्पन्न गर्नकोलागी सो पुलको ठेक्का महा मृत्यन्जय कन्ट्रक्सन प्रा.लि.हेटौडाले जिम्मा लिएको र उक्त पुलको करिब ३५ प्रतिशत काम मात्र पुरा भएको छ ।

अहिले बर्षाको समयमा काम गर्न कठिनाई भएको प्रा.लि.का सुपरवाईजर उत्तम ढकालले बताउनु भयो । बर्षाको समयमा खोला पार गर्न जोखीमपुर्ण पैदल यात्रा गर्न सकिने भएपनि सदरमुकाम परासी देखी पक्लिहवा सम्म चल्ने बस सेवा प्रभावित समेत भएको छ ।