धनुषा– धनुषामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित धारापानी भन्ने ठाउँमा मंगलबार बिहान ज ५ प ९०४६ नम्बरको सुजुकी मोटरसाईकललाई ना १ क ६१८९ नम्बरको ट्रिपरले ठक्कर दिन पुगेको थियो ।

टिप्परको ठक्करबाट अन्दाजी २७ वर्षीय र अर्का २९ वर्षीय युवकको ज्यान जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरुको नाम र ठेगाना खुल्न बाँकी रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनापछि दुवै युवकको शव क्षतविक्षत भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाईकललाई ठक्कर दिने ट्रिपर र ट्रिपर चालकलाई नियन्त्रणमा लिएको छ ।