काठमाडौं– सरकारले चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा स्थानीय सडक मर्मत सम्भारका लागि डेढ अर्ब रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको छ।
सडक बोर्ड नेपालले उक्त शीर्षकमा १ अर्ब ५५ करोड ७५ लाख रुपैयाँ बजेट स्वीकृत गरेको हो।
सरकारले स्थानीय तह (नगरपालिका, महानगरपालिका र उपमहानगरपालिका सहित) र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)तर्फ र स्थानीय तह (गाउँपालिका) र प्रदेशतर्फ सडक मर्मत सम्भारका लागि बजेट स्वीकृत गरेको हो।
झापाका नगरपालिकामध्ये भद्रपुरमा सबैभन्दा बढि बजेट आएको छ
भद्रपुर ८० लाख
दमक ७० लाख
कन्काइ ४० लाख
अर्जुनधारा ४० लाख
शिवसताक्षी ३० लाख
गौरादह ३० लाख










