भदौ २०, २०७५

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा पाँचवटा वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७३/७४ को सत्ताइसौँ वार्षिक प्रतिवेदन, निर्वाचन आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन र राष्ट्रिय मानवअधिकार आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

त्यसैगरी, नेपाल सरकारको आव २०७३/७४ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७३/७४ को नेपाल सकरारको वार्षिक प्रतिवेदन पेश गरे ।

आजको कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालतको आव २०७३/७४ को वार्षिक प्रतिवेदन, महान्यायाधिवक्ताको आव २०७३/७४ को वार्षिक प्रतिवेदन र न्याय परिषद् र न्याय सेवा आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन पेश गर्ने तय भएपनि पछि कार्यसूचीबाट हटाइएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २१ गते ३ बजे बस्नेछ ।

लोकान्तर बाट