दमक/लायन्स क्लव अफ दमक स्टर्नलाइनले दमकमा शव बहान ल्याउ सहयोग जुटाउने उदेश्यले पहिलो पटक प्रतियोगितात्मक ‘लायन्स फुटसल टुर्नामेन्ट’ गर्ने भएको छ । ५० हजार पुरुस्कार राशि सहितको अन्तर लायन्स क्लवस्तरीय फुटसल प्रतियोगिता गर्न लागिएको संगम स्वीट्समा बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ ।
क्लवका अध्यक्ष बिमल शर्माका अनुसार दमकको वडा नं. ९ मा रहेको रणभुमि फुटसलको प्राङगणमा प्रतियागिताको तयारी भइरहेको छ । प्रतियोगिता आउदो २२ गते शुक्रबार बिहानदेखि बेलुकासम्म प्रतियोगिता हुनेछ ।

कार्यक्रम संयोजक उज्वल श्रेष्ठका अनुसार बिजेतालाइ ५० हजार र उपबिजेतालाइ २५ हजार पुरुस्कार सहित ट्रफिको ब्यवस्था रहेको छ । प्रतियोगिताका लागि करिब २ लाख ५५ हजार रुपिया लागत अनुमान रहेको उनले बताए ।
दमकका पत्रकार र लायन्स अध्यक्षहरुबीच मैत्रीपुर्ण फुटसल खेल खेलाउने तयारी पनि रहेको क्लवका सचिब किरण भण्डारीले बताए । सोहि दिन मैत्रीपुर्ण खेल समेत हुने उनको भनाइ रहेको छ ।
शवबहानका लागि सहयोग

यसैबीच कार्यक्रममा लायन्स लिडर एवं रिजन चियर पर्सन प्रहर क्षेत्रीले दमकमा शव बहान ल्याउनका लागि प्रयास भइरहेको बताएका थिए ।
उनका अनुसार लायन्स क्लव अफ पशुपतिनाथका सदस्य कल्याण कडेलले ‘क्लिकटुसपोर्ट’ अष्ट्रेलिया मार्फत ६ लाख ५० हजार सहयोग गर्ने र बाँकी यहाँ अफुहरुले ब्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
त्यहाँ रहेका मनकारी स्वयंसेवी नेपालीहरुले समय मिलाएर सडकमा ससेज तथा पेयपदार्थ बेचेर उठाएको रकम शव बहानका लागि पठाउन लागेको पनि क्षेत्रीले जनाए । शवबहानका लागि १४ लाखभन्दा बढि आवश्य पर्ने बताइन्छ ।











