थाइराइड कुनै रोग होइन । थाइराइड भनेको गलग्रन्थी हो । जसले थाइराइड हर्मोन उत्पादन गर्छ । यसको मुख्य काम भनेको शरीरको मेटाबोलिजम नियन्त्रण गर्ने हो । जसले शरीरलाइृ फर्तिलो बनाउने काम गर्छ । थाइराइड ग्रन्थीबाट उत्पन्न हुने हर्मोनमा घटबढ भएर शरीरमा देखिने समस्यालाई थाइराइड भन्ने गरिएको हो । यो बच्चा देखि बृद्धसम्म जो कसैलाई पनि हुन सक्छ तर पुरुषको तुलनामा महिलामा बढी देखिने हुन्छ ।

कसैलाई थाइराइडको मात्रामा कमी हुने हुन्छ भने कसैलाई यसको मात्रा बढी हुन जान्छ । तर कसै कसैको गलगाडमा गीर्खा समेत आउने हुनसन्छ । यसको अवस्था अनुसार उपाचार गर्नुपर्ने हुन्छ । थाइराइड विशेष गरी दुई प्रकारको हुन्छ । थाइराइड ग्रन्थीले शरीरमा आवश्यक भन्दा कम हार्मोन उत्पादन गरेमा त्यसलाई हाइपो थाइरोडिज्म भनिन्छ भने शरीरमा आवश्यक भन्दा बढी हर्मोन उत्पादन हुने अवस्थालाई हाइपर थाइरोडिज्म भनिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाइपो थाइरोडिज्म भएमा आलस्य हुनु, कब्जीयत हुनु, छाला सुख्खा हुनु, कपाल झर्नु, महिनावारी गडबड हुनु जसता लक्षण देखा पर्छ भने हाइपर थाइरोडिज्ममा धडकन बढ्नु, हात काम्नु, हाल खुट्टाबाट पसिना आउनु, तौल घट्नु, दिशा लाग्नु, आत्तिनु, जस्ता लक्षण देखा पर्छ । थाइराइड भएमा धेरै व्यक्ति आत्तिएको पाइन्छ । थाइराइड रोगका बारेमा सचेत हुनुपर्छ तर थाइराइड भएमा आत्तिनु भने हुँदैन ।

सामान्य सावधानी मात्र अपनाउन सकिएमा पनि यसलाई नियन्त्रण गर्न सकिन्छ । सर्वप्रथम चिकित्सकसँग निरन्तर परामर्श लिनुको साथै सल्लाह अनुसार नियमित औषधि सेवन गर्ने, आयोडिन युक्त नुन खाने गर्नु पर्छ । थाइराइड हुने मुख्य कारण थाहा हुन सकेको छैन । त्यसैले थाइराइडमा चाहिने भन्दा धेरै भ्रम छन् ।

जनचेतनाको कमीका कारण थाइराइडमा धेरै मुख बार्ने, काउली, बन्दा खानु हुदैन भन्ने जस्ता नकारात्मक हल्ला बढी भएको पाइन्छ । थाइराइड भएमा सामान्यतया सन्तुलित भोजन गर्न सकिन्छ, जसमा काउली, बन्दा पनि पर्न जान्छ । यसको सेवनले थाइराइडलाई केही असर गर्दैन । तर यस्तो अवस्थामा रक्सी, चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन, चिल्लो, अखाद्य वस्तु भने खानु हुँदैन । हाम्रोडक्टरबाट