दमक/केहि दिनयता झापाको दमक सहित बिभिन्न ठाँउमा हात्तीले उपद्रो गरेको र दुख दिएको समचार आइरहेको छ । तर बिहिबार बिहानै झापाको मेचीनगरमा एक हात्ती मृत अवस्थामा भेटिएको ।
मेचिनगर ९ स्थित संगिता थापाको धानखेतमा हात्ती मृत भेटिएको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।










