दमक/झापाको दमकमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौ बार्षिकोत्सव भब्यताका साथ मनाएको छ । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष दीपक खरेलले नीति तथा र्काक्रम प्रस्तुत गरेका थिए ।
झापा जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीले बिर्तामोडमा चाँडै सेवा केन्द्र खोल्ने समेत निर्णय गरेको जनाईएको छ । सो बिषयमा बार्षिकोत्सव तथा साधरणसभामा जानकारी गराईएको हो ।
३ हजार २ ८० शेयर सदस्य रहेको सहकारीमा कुल चेक्ता शेयर पुजी ५ करोड १९ लाख ४४ हजार ४ सय ५० रहेको छ । अध्यक्ष खरेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार ३३ करोड ७४ लाख ५ हजार २ सय ३९ रुपिया बराबरको कारोबार समेत गरेको छ ।
यसैबीच झापाका क्रियाशील पत्रकार विष्णु सुब्बा दमकको द एभरेष्ट सहकारी पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । सहकारीको आज सम्पन्न सातौ बार्षिक साधारणसभामा पत्रकार सुब्बालाई सहकारीताका क्षेत्रमा कलम चलाए वापत पुरस्कृत गरिएको हो । पुरस्कारको राशी ८ हजार १ सय ११ ,प्रमाणपत्र रहेको छ ।
सो पुरस्कार जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संयुक्त रुपमा वितरण गरेका थिए । पुरस्कृत सुब्बा दुई दशकदेखि जिल्लाका क्रियाशील पत्रकार हुन् । उनी राष्ट्रिय समाचार समितिका जिल्ला प्रतिनिधि हुन् भने हाम्रो दमक अनलाइन डटकमका सम्पादक समेत हुन् ।











