दमक/ युवा ब्यवसायीहरुले सञ्चालन गरेको झापा दमक ६ मा रहेको गोल्डेनगेट सहकारी सस्थाले आफ्नो पाँचौ बार्षिको साधरणसभा सम्पन्न गरेको छ । आज कन्काइ पार्टी प्यालेसमा प्रदेश सभा सदस्य अर्जुन राइको प्रमुख आतिथ्यमा साधरणसभा सम्पन्न गरेको हो ।
अध्यक्ष गजेन्द्र निरौलाले संस्थाको बित्तिय अवस्थाको बिषयमा जानकारी गराएका थिए । संस्थाको शेयरपुजी १ करोड ९० लाख २५ हजार ३ सय रहेको निरौलाले जानकारी गराए । अघिल्लो बर्षभन्दा यो २ सय ३४ दशमलव ३५ प्रतिशतले बृद्धि हो ।
साधरणसभामा दमक वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।सहकारीका उपाध्क्ष रेवतचन्द्र भण्डारीले सञ्चालन गरेको साधरणसभामा सदस्य राजु खड्काले स्वागत मन्तब्य राखेका थिए ।

पत्रकार लामिछाने सम्मानित

यसैबीच सहकारीले पत्रकार बिमल लामिछानेलाइ सम्मान गरेको छ । पत्रकारिताको क्षेत्रबाट यस क्षेत्रमा उल्लेख्य योगदान दिएको भन्दै सम्मान गरेको जनाईएको छ । लामिछाने लामो समयदेखि झापामा र ५ बर्ष अघिदेखि दमकमा रहेर पत्रकारिता गर्दै आएकाछन् ।