दमक/लायन्स क्लब अफ इन्टरनेशल ३२५ ए वानका गर्भनर अनन्तप्रसाद भेटवाल सहितको लायन्सका शिर्ष नेतृत्वहरु आज अपरान्ह दमक आएकाछन् । निवर्तमान गर्भनर लिला ढुंगेल सहितको टोली दमक आएको हो ।
लायन्स क्लव अफ स्टर्न लाइनको आतिथ्यमा दमकस्थित संगम स्वीट्समा पछिल्ला लायन्स क्लवका गतिबिधिहरुको बिषयमा छलफल भएको स्टर्न लायनका अध्यक्ष बिमल शर्माले बताए ।
सो अवसरमा गर्भनर भेटवालले दमकमा ल्याउन लागिएको शव बहानको बिषयमा समेत चासो राख्दै चाँडो पहल गर्न आग्रह गरेका थिए । यसमा डिस्ट्रिकले सबै खाले सहयोग गर्ने प्रतिबद्धता उनको रहेको थियो । रिजन चियर पर्सन प्रहर क्षेत्रीले शव बहान ल्याउनका लागि भइरहेको प्रयासको बिषयमा जानकारी गराएका थिए ।
डिस्ट्रिक सेक्रेटरी रेवत कार्कीले गर्भनर लगायत शिर्ष नेतृत्व पुर्वमा लायन्स क्लवहरुको पदस्थापन कार्यक्रममा सहभागि हुन पुर्व आएको हो । दमकमा भोली हुने लायन्स फुटसल टुर्नामेन्टको सफलताको कामना गर्न समेत आफुहरु दमक आएको उनले जनाए ।










