सहबान अन्सारी
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६ गुठी परसौनीमा नेपाली काग्रेसको क्षेत्रिय भेला आज सम्पन्न भएको छ ।
नेपाली काग्रेसको जिल्ला कार्य समितिको आयोजनमा आऊदो भाद्र २४ गते वि.पी.जयन्ती परासीमा मनाउने निर्णय गरिएको हो । कार्यक्रमलाई लाई सभ्य र भब्य बनाउनका लागी सम्पुर्ण कार्यकर्ता हरुलाई आग्रह गरिएको छ । सबै कार्यकर्ताहरुमा सहमतिको बिस्तार आन्तरिक प्रतिस्पर्धाको कुराहरु नगर्न र सबैलाई एक जुट भई भई अगाडी बढन साथै एकताको प्रयास सफल पार्न आग्रह गरिएको नेपाली काग्रेसका क्षेत्रिय सभापति मुकुल आचार्यले जानकारी दिनु भयो । साथै सरकार द्वारा करवृदि, मुल्यवृदि, बलात्कार जस्तो घटनाको बिरोध प्रदर्शन गर्ने जस्तो कार्यक्रमको निर्णय गरिएको आचार्यले बताए ।
उक्त कार्यक्रममा जिल्ला सभापति अर्जुन पोखरेल, पुर्व सांसद देवकरण प्रसाद कलवार, पुर्व सासंद बिक्रम खनाल, महा समिति सदस्य लाल बहादुर गुरुङ, कुल दिप आचार्य, प्रितम सिहं, प्रकाश न्योपाने, उमेश यादव, राजकुमार शर्मा, लगायतहरुको सहभागिता रहेको थियो ।










