भक्तपुरबाट आज दिउँसो अपहरणमा परेको एक जनालाई प्रहरीको सक्रियताले सकुशल अपहरण मुक्त गर्न सफल भएको छ । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका बस्ने बर्ष ४७ का बिष्णु कटुवाललाई बनेपा इलाका प्रहरीचौकीका प्रहरी निरीक्षक सुनिल जंग शाह र प्रहरी चौकी पनौतीका प्रमुख सई शीव कार्कीको टोलीले धुलिखेलबाट अपहरण मुक्त गरेको छ । बनेपा इलाका प्रहरीलाई भक्तपुर सल्लाघारीबाट निलो रंगको टयाक्सीमा राखी जबरजस्ती नालाको बाटो हुँदै काभ्रे तर्फ लिएर हिडेको भन्ने जानकारी पाएसँगै टोली लिएर अनुसनधान गरेपछि सबैलाई धुलिखेलबाट पक्राउ गर्न सफल भएको बनेपा चौकी प्रहरी निरीक्षक सुनिल जंग शाहले बताउनुभयो ।

अपहरणमा काभ्रे बनेपाको दिपक भुजेल, काभ्रे नमोबुद्धका राजन घिरासैनी, सर्लाही घर भई बनेपाबस्ने कृष्णहरी अधिकारी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भई सुर्य्बिनायक बस्ने रामेश्वर सिलवाल, रामेछाप खाडादेवीका टेक बहादुर बिक, काठमाडौंको धननारायण तण्डुकार, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाको रन्जन सिलवाल र मकवानपुर पालुङ ७ का टयाक्सी चालक नकुल कार्की लाई बिहिबार साँझ ५ बजे पक्राउ गरेको निरीक्षक शाहले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धुलिखेलबाट उनिहरुले प्रयोग गरेको बा५च ९७३५ नम्बरको प्राईभेट टयाक्सी, बा७८प ५०५ नम्बरको कालो मोटरसाइकल र बा३४प ५०० नम्बरको रातो स्कुटी समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बनेपामा ल्याई अनुसन्धान गरेर थप अनुसन्धान एवं कारवाहीको लागि महानगरिय प्रहरी परिसर भक्तपुरमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो । जनता समाचार बाट