बिष्णुप्रसाद पोखरेल दमक/ दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकलाइ ‘हाम्रो दमक राम्रो दमक बनाउन सबै लाग्नु पर्ने बताए । उनले दमक प्रहरीलाइ ब्यङ्य पनि गरे । दुले चोर बिगबिगी बढ्दा चोर पक्राउ नपरेको उदारहण दिदै त्यस्तो नहोस भन्ने सुझाव दिए । मैले लगातर ४ दिन सोधे चोर पक्राउ गर्नु भयो भनेर, छैन भन्ने जवाफ आयो, अनि मैले भने तपाइहरु भित्र खोज्नु पर्छ की क्या हो, ओलीले भने ।

जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय दमकमा बिहिबार बिहान सुरक्षा सम्बन्धिको नयाँ अभियान घोषणा कार्यक्रममा ओलीले शान्ति सुरक्षा मजबुद बनाउन सबैको पहल र आवश्यक भएको बताए । उनले सहयोगका लागि पनि सबैसंग आग्रह गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रमको प्रमुख अतिथि रहेका प्रमुख जिल्ला अधिकारीले दमलाइ सुरक्षाको दृष्टिले ‘रामराज्य’ बनाउन लाग्नु पर्ने बताए । उनले रामराज्य भन्नाले सुरक्षामा कुनै कमी नभएको र सबै सुरक्षित अनुभुत हुने अवस्था रहेको भन्दै प्रष्ट्याए ।

बढ्दो हिँसा न्यूनिकरण र अपराध नियण्त्रणका लागि भइरहेको प्रयासको चर्चा गर्दै उनले दमकलाइ नमुना बनाउनका लागि आफ्नोतर्फबाट सहयोग गर्ने बचन दिए । उनले सुरक्षा अनुभुत गर्ने बिषय भएको भन्दै यसका लागि आफुहरु हरदम लागेको सुनाए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भीमप्रसाद ढकालले सुरक्षामा कमी नहुने घोषणा गरे । उनले त्यतिमात्र भनेनन् सूचना पाएको ३ देखि ५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्ने पनि प्रंतिबद्धता जनाए । उनले सूचना नलुकाउने र सुरक्षामा कमी हुन नदिन घोषणा गरे । सबैसंग सधै समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो ।