दमक/झापाको दमकस्थित लाइफलाइन अस्पतालमा पहिलो पटक ढाँडको नसा च्यापिएको बिरामीको सफल शल्यक्रिया भएको छ । मोरगको उर्लाबारी घर भएका ६० बर्षिय लालबहादुर श्रेष्ठ ढाँडको नसा च्यापिएर उपचारका लागि अस्पतालमा आएका थिए ।
हाडजोर्नी रोग बिशेषज्ञ डा.मनोज शाहले शल्यक्रिया गरेकाहुन् । उनका अनुसार दमकमा यस किसिमको बिरामीको पहिलो उपचार हो । ढाडमा अप्रेसन गरेर नसालाइ ठीक ठाँउमा ल्याइएको उनले बताए । श्रेष्ठलाइ डेढ बर्षदेखि ढाडको समस्या (lumbar stenosis with posterior intervertebral disc prolapse)रहेको थियो ।

निशुल्क उपचार
बिपन्न श्रेष्ठको अस्पतालले निशुल्क उपचार गराइदिएको जनाईएको छ । डा. शाहले यसमा अग्रसरता लिएका थिए । अस्पतालका प्रशासकिय प्रमुख सिम्रिक गिरीका अनुसार अस्पतालले नै यसको खर्च बेहोर गरेको छ । अन्यत्र यो अपरेशन गर्दा १ लाख ५० हजारदेखि २ लाखसम्म खर्च हुने बताइन्छ ।










