काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त भएका छन् । झा खुल्ला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्षमा नियुक्त भएका हुन् ।

प्रतिस्पर्धामा १५ जनाले फर्म भरेकोमा ३ जनाको नाम छनौट भएको थियो । जसमा एक नम्बरमा झाकाे नाम छनौट भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि झा दुईपटक प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । नयाँ नियुक्तिसँगै झाले अब ५ वर्ष प्राधिरकणको नेतृत्व सम्हाल्नेछन् ।

झालाई यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेकोमा केपी ओली नेतृत्वको सरकारले बर्खास्त गरेको थियो ।