दमक/झापाको दमकमा नेपाली काँग्रेस लगायतका नगर कार्यपालिकामा प्रतिनिधित्व नगरेका दलहरुले शिक्षा नियामवली र करको बिषयमा गर्दै आएको आन्दोलनको बिषयमा आज नगरपालिकाले छलफल गरेको बताईएको छ ।
नगर प्रमुख रोमनाथ ओलीको सक्रीयतामा छलफल भएको बताईन्छ । काँग्रेस नेता शेरबहादुर भट्टरा, नगरसभापति रोशन बिठ लगायत सहभागि रहेका थिए । तत्काल शिक्षा नियामवली लागु नगर्ने र करको बिषयमा समेत सामधान खोजिने सहमति बनेको युवा नेता दीपेश दाहालले बताए ।
नगरले जारी गरेको शंशोधित शिक्षा नियामवली अनुसार बिद्यालय ब्यवस्थापन समिति गठन गनेृ प्रक्रिया शुरु गर्दा केहि दिन अघि हिमालय माबिमा तनाव सिर्जना भएको थियो ।










