दमक/झापाको दमक जेसिजले आफ्नौ ३८ औ बार्षिकोत्सव मनाएको छ । शुक्रबार बिहान केक काटेर र फोहोर मैला न्यूनिकरण अभियान अन्र्तगत डस्विन बितरण गरेर बार्षिकोत्सव मनाएको हो ।

दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीका अनुसार केहि बर्षअघिदेखि बार्षिकोत्सव मनाउन थालिएको हो । यो बर्ष पनि जेजि सचिवालयमा नै बार्षिकोत्सव मनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन्दिप चापागाइको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी सुब्बा रहेकी थिइन् । उनले जेसिजको कामको खुलेर प्रशंशा गरेकी थिइन् ।

कार्यक्रममा नेपाल जेसिजका पुर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारी, क्लवका पुर्व अध्यक्षहरु लगायत जेसिज सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।