झापा, २२ भदौ

खानेपानीमन्त्री बीना मगरले तीन वर्षभित्र घरघरमा आधारभूत खानेपानीको पहुँच पु¥याइने बताउनुभएको छ । झापाको विर्तामोडस्थित विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण(फिल्टर प्लान्ट ) को आज उद्घाटन गर्दै मन्त्री मगरले तीन वर्षभित्र सबै नेपालीको घरमा आधारभूत पानी पु¥याउने लक्ष्यका साथ गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालमा दूषित पानीकै कारण ८२÷८३ वटा रोग लाग्ने गरेको बताउँदै उहाँले सरकारले शुद्ध खानेपानीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । झापाको मेची, कनकाइलगायत नदी–हिमनदीको पानीलाई व्यावसायीकरण गर्ने बताउँदै उहाँले आठवटा ‘वाटर ब्लक’ निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । मेचीदेखि महाकालीसम्मको पानीलाई पाइपलाइनमार्फत् अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना छ, उहाँले भन्नुभयो ।