काठमाडौं । राजनीतिक दलका शीर्ष नेताले नै संसद् सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै फिर्ता गरेका छैनन्।

संविधानसभा भंग भएको १० महिना बितिसक्दा पनि प्रमुख सचेतक र दलका नेताले लगेका ल्यापटप अधिकांशले फिर्ता नगरेको संसद्को स्टोर शाखाका प्रमुख विनोदकुमार मालीले बताए। नेपाल समाचारपत्र दैनिकमा खबर छ,

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘खबर गरेका छौँ। धेरै भनिरहन मिलेन’, उनले भने, ‘उहाँहरू आफैँ जानेर बुझाउनुपर्ने हो।’ मालीले नियमअनुसार सुविधा लिनु स्वाभाविक भए पनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिन अव्यावहारिक भएको बताए ।

क-कसले ल्यापटप फिर्ता नगरेको भन्नेबारे उनले खुलाउन चाहेनन्। मसूचना अधिकारी केशव अर्यालले आफूले पटकपटक स्टोर शाखाबाट जानकारी माग्दा नपाएको प्रतिक्रिया दिए। संविधानसभाका प्रमुख तीन दलका प्रमुख सचेतक र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताले ल्यापटप लगेका छन्।