काठमाडौं, २३ भदौ । योग्य कर्मचारी नभएको भन्दै सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकिएन ।

सरकारले हरेक वर्ष भदौ २२ लाई निजमती सेवा दिवसका रुपमा मनाउने गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दिवसका अवसरमा सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको थियो । अघिल्ला वर्ष जस्तै यस वर्ष पनि सरकारले उत्कृष्ट कर्मचारी छनोट गर्न सकेन ।

दुई वर्षअघि तत्कालीन अर्थसचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिएयता कुनै पनि कर्मचारीलाई सो पुरस्कार दिइएको छैन ।