काठमाडौं । उत्तरी गोरखाको विकट सावागाउँमा दुई जनालाई सुत्केरी बेथाले च्यापेपछि अल्टिच्युड एअरलाइनससँग शुक्रबार कुराकानी भयो । अनि, अल्टिच्युड एअरलाइनसले एक जनालाई शुक्रबार साँझ नै काठमाडौं ल्यायो । तर, अर्को जनालाई ल्याउन सकेन । त्यसका लागि शनिबार बिहान अल्टिच्युड एअरलाइनस गोरखा पुग्यो । जब, त्यहाँ हेलिकोप्टर अवतरण भयो । त्यसपछि मात्रै थाहा भयो– राति नै सुत्केरी भइसकेकी रहिँछन् । उनलाई काठमाडौं ल्याउनै परेन । स्रोतका अनुसार कुनै गोरखामा कसैसँग जानकारी नै नलिई हेलिकोप्टर उडेको थियो । यदि, जानकारी लिएको भए राति नै सुत्केरी भइसकेको महिला लिन हेलिकोप्टर गोरखा जानै पर्ने थिएन । तर, हेलिकोप्टर उड्यो । अनि रित्तो फर्कनपर्ने अवस्था आएपछि हेलिकोप्टरमा अन्य यात्रु चढे ।

तर, हेलिकोप्टर काठमाडौं नआइपुग्दै दुर्घटनाग्रस्त भयो । हेलिकोप्टरमा सवार एक आनीले हेलिकोप्टर दुर्घटनामा परेको भनेर नेपाली सेनालाई फोन गरे । अनि, उद्धार कार्य शुरु भयो । अहिले पनि उद्धार कार्य जारी छ । श्री एअरलाइन्सको हेलिकोप्टरले दुर्घटनाग्रस्त हेलिकोप्टरको पहिचान गरेपनि उद्धार हुन सकेको छैन । तर, मौसमको खराबीले नुवाकोटको म्यागङमा दुर्घटनाग्रस्त विमानको उद्धार कार्यमा समस्या भएको हो । उद्धारका लागि काठमाडौंबाट उडेको एक नीजि हेलिकोप्टर अवतरण गर्न नसकेपछि काठमाडौं नै फर्किएको छ । सेनाको हेलिकोप्टरले पनि उद्धार गर्न सकिइरहेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेलिकोप्टर खोज्न स्थगलत प्रहरी परिचालन गरिएको छ । धादिङको दार्खा प्रहरी चौंकीबाट प्रहरी परिचालन गरिएको छ । अहिलेसम्म हेलिकोप्टर फेला परेको छैन । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् ।