ठमाडौं । मृत्यु मानिसको जीवनको तथ्यसंगत शब्द हो । यसलाई न रोक्न सकिन्छ न छेक्न सकिन्छ । मान्छे जन्मेपछि मृत्यु निश्चित छ । यो कसैले टारेर टर्दैन । मानिसका मृत्युका रहस्य फरक–फरक होलान् र त्यो निश्चित छ ।

यहाँ मृत्युका रहस्यबारे उल्लेख गरिएको छ-

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१. न्यूयोर्क शहरमा प्राकृतिक मृत्युले भन्दा आत्महत्याले धेरैको ज्यान लिने गरेको छ ।

२. दायाँ हातले काम गर्ने मानिसभन्दा बायाँ हातले काम गर्ने मानिसको तीन वर्ष पहिले मृत्यु हुन्छ ।

३. शार्कको हमलाले मृत्यु हुने तुलनामा नरिवलको गट्टा टाउकोमा खसेपछि मृत्यु हुने सम्भावना अत्यधिक हुन्छ ।

४. अमेरिकामा रक्सी पिएको एक ड्राइभरले हरेक घण्टा १ व्यक्तिको हत्या गर्दछ ।

५. सगरमाथामा २ सय भन्दा बढिको शव रहेको छ ।

६. संसारमा हरेक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्दछन् ।

७. शार्कले हरेक वर्ष १२ जनाको ज्यान लिन्छ जबकी मानिसले हरेक घण्टा ११ हजार ४ सय १७ वटा शार्कलाई मार्दछ ।

८. सन् १९२३ मा जन्मिएका सबै सोभियत पुरुषमध्ये ८० प्रतिशत दोस्रो विश्व युद्धमा मारिएका थिए ।

९. हरेक ९० सेकेन्डमा एक महिलाको गर्भावस्था वा प्रसव पिडाको क्रममा मृत्यु हुन्छ ।

१०. हरेक वर्ष करिब ६ सय अमेरिकीको मृत्यु खाटबाट लडेका कारण हुने गर्दछ ।

११. संसारभरी करिब २० हजार बच्चाको हरेक दिन गरिबीका कारण मृत्यु हुन्छ ।

१२. संसारभरी हरेक वर्ष करिब ४ लाख ४० हजार मानिसहरुको चिकित्सा त्रुटिका कारण मृत्यु हुन्छ ।

एजेन्सीको सहयोगमा