काठमाडौ- उत्तरी गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टर नुवाकोटमा फेला परेको छ।
हेलिकप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिलाको भने उद्धार गरिएको छ। नुवाकोट जिल्ला पुरानाे बेत्रावती वडा नम्बर ३ बागबर्माखेतमा हेलिकप्टर भेटिएको हो।
हेलिकप्टर भेटिएकाे खबरलाइ अल्टिच्युड एयरका फुर्वा शेर्पाले पुष्टि गरे। अल्टिच्युड एयरका प्रतिनिधि दुर्घटनास्थल पुगेका विमानस्थल कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिएका छन्। हेलिकप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु सवार थिए।










