काठमाडाैं- गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिलाको भने उद्धार गरिएको छ।
जीवित रहेकी आनी डोल्मा रहेको बताइएको छ। उनलाई ललितपुरको मेटिसिटी अस्पताल ल्याउने तयारी हुँदैछ।
नुवाकोट बेत्रावती वडा नम्बर ३ बागबर्मा खेतमा हेलिकप्टर भेटिएको हो।











