विर्तामोड/ झापा हल्दिवारी गाउँपालिका–४ का वडाध्यक्ष होम चुडालले राज्यले दिएको यातायात सुविधा फिर्ता गर्नुका साथै वडाध्यक्षको तलब सामाजिक कार्यमा लगानी गरेका छन् । पाँचवडा वडा रहेको हल्दिवारी गाउँपालिकामा जनप्रतिनिधिका रुपमा कांग्रेसबाट एकमात्र निर्वाचित वडा नम्बर–४ का वडाध्क्षय होम चुडालले राज्यले दिएको सुविधा फिर्ता सनिबार आयोजित एक कार्यक्रमका बीच फिर्ता गरेका हुन् । वडाध्यक्ष चुडालले आफ्नै वडामा आयोजित एक कार्यक्रमका बीच राज्यबाट प्राप्त टिभिएस कम्पनीको मे १ ब ५५६ नम्बरको अपाचे मोटरसाइकलको चावी हल्दिवारी गाउँपालिकालाई फिर्ता गरेका हुन् । १ नम्बर प्रदेशका सांसद ओम सरावगीको प्रमुख आतिथ्यतामा भएको सुविधा फिर्ता कार्यक्रममा गाउँपालिकाका तर्फबाट उपस्थित कर्मचारी प्रतिनिधि वडासचिव बिशाल काफ्लेलाई वडाध्यक्ष चुडालले मोटर साइकलको चावी बुझाउनु भएको थियो । त्यस्तै गाउँपालिकाबाट प्राप्त एकवर्षको तलब विभिन्न सामाजिक संघसंस्थालाई हस्तान्तरण गर्नुभएको छ । एकवर्षमा प्राप्त लगभग दुईलाख २० हजार रकमबाट आफ्नो वडाभित्रका सामुदायिक विद्यालय दिपेन्द्र प्राविमा अध्ययनरत कक्षा १–५ सम्मका छात्र छात्राका २७५ जना विद्यार्थीका लागि स्कूल व्याग, महेन्द्र माविमा सञ्चालित मिदास इ–क्लास सफ्टवेयरसहित एकलाख २४ हजार तीनसय ७५ रुपैयाँ, स्थानीय किराँतेश्वर गुरुकुललाई ७० हजार, पाथीभरा पर्यटकीय विकास क्षेत्रको पितृ सुक्त कार्यक्रमका लागि १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । मोटरसाइकल हस्तान्तरण गर्नु अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष चुडालले जनप्रतिनिधि भएर जनताले नै तिरेको करबाट आफूले सेवा सुविधा लिनु उपयुक्त नहुने आफूलाई महसुस भएपछि सरकारी सेवा सुविधा फिर्ता गरेको बताउनु भयो । पैसा हुनेले मात्र कर तिर्ने मान्यता अनुसार आफ्नो वडामा पञ्जिका सम्बन्धी सबै सिफारिस तथा दर्ता निश्चित समयावधिसम्म निःशुल्क गरिएको वडाध्यक्ष चुडालल बताउनु भयो । सेवा सुविधा हस्तान्तरणपछि बोल्दै अध्यक्ष चुडालले आफूले पाउने तलब आफ्नो कार्यकालभरी विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्ने संकल्पका साथ सेवा सुविधा फिर्ता गरेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेस जलथल गाउँ समिति सभापति दिलीप मावोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेवतीरमण नेपालले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन तुलसी ओलीले गर्नुभएको थियो ।
वडाध्यक्षले गरे मोटरसाइकल फिर्ता, एकबर्षको तलव सामाजिक काममा बाँडफाँड
सवाल नेपालसंवाददाताआइतबार, २३ भदौ २०७५
३२शेयर

वडाध्यक्षले गरे मोटरसाइकल फिर्ता, एकबर्षको तलव सामाजिक काममा बाँडफाँड
यो समाचार शेयर गर्नुहोस्:
३२शेयर

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



