भद्रपुर । झापाको शिवसताक्षीमा माछा मार्ने क्रममा करेन्ट लागेर शनिवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १ स्थित शुक्रबारे निवासी ३२ बर्षीय दीनेश दाहाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार घर नजिकै रहेको खोलामा करेण्ट प्रवाह गरी माछा मार्ने क्रममा उनलाई करेन्ट लागेपछि गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका दाहाललाई उपचारका क्रममा लाईफलाईन अस्पताल दमकमा मृत्यु भएको उनले बताए ।