सरकारले नेपालको गलत नक्सा र निसान छाप प्रयोग नगर्न सबैलाई निर्देशन दिएको छ । नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई निर्देशन दिइएको हो ।

यसअघि नेपालका भूभाग नै नभएका गलत नक्सा र निशान छाप नै नक्कली प्रयोग भइरहेको समाचार सार्वजनिक भएका थिए । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरी नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्रै प्रयोग गर्न आग्रह गरिन् । सबै सरकारी निकायलाई यसबारे आइतबारै पत्राचार गरिने मन्त्री अर्यालले जानकारी दिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनधिकृत नक्सालाई विस्थापित र आधिकारिक नक्सा स्थापित गर्न अनुगमन गर्ने उनको भनाइ छ । अनुगमनको लागि परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेको समिति बनाइएको छ । सबैभन्दा पहिले सरकारी कार्यालय र शैक्षिक संस्थाबाट त्रुटीपुर्ण नक्सा विस्थापित गर्ने योजना छ । मिडियाहरुमा कालापानी लगायतका ठाउँलाई उल्लंघन हुनेगरी नक्सा प्रयोग भएकोप्रति नापी विभागले ध्यानाकर्षण भएको जनाएको छ ।