केहि समयदेखि सेलाएको ३८ क्विन्टल सुन तस्करी र सनम हत्या काण्डमा समातिएको मुद्दाको आज पेशी तोकिएको छ ।

आज पहिलो नम्बरमा पेसी तोकिएका सञ्जयबहादुर राउतको सुनवाई भइरहेको छ । दोस्रोमा दिवेश लोहनीको पेसी तोकिएको छ । निवेदकहरुको बेग्ला–बेग्लै बेञ्चका मागका कारण रोकिएको सुन तस्करी प्रकरणमा आइतबारबाट सुनवाई शुरु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उच्च अदालत विराटनगरको ३ नम्बर इजलासमा सनम शाक्य हत्या र ३८ सय किलो सुन तस्करीको आरोपमा पूर्पक्षमा रहेका २६ जना प्रतिवादीको सुनवाई शुरु भएको हो । न्यायाधीश थीरबहादुर कार्की र उमेशकुमार सिंहको इजलासमा थुनुवा रहेका २६ जनाको सुनवाई भइरहेको छ । उच्च अदालतले फरक इजलासमा पेसी तोकेपछि सरकारी वकिलले भदौदेखि पाँच दिन बेञ्च बहिष्कार गरेका थिए । अदालतमा सहमतिको वातावरण बनेपछि सुनवाई चालु भएको हो ।

उच्च अदालतले जिल्ला अदालत मोरङले गरेको आदेश फरक इजलासबाट उल्टाउन माग गर्दै निवेदन दिएका अभियुक्तहरु हेमन्त गौतम, राजन थापा, महावीरप्रसाद गोल्यान, टेकराज मल्ल ठकुरीको हकमा जिल्लाकै आदेश सदर गरेको थियो । यस्तै धरौटी र तारेखमा रिहा गर्न जिल्लाले दिएको आदेश बदर गर्दै प्रहरी हवल्दार अम्बरबहादुर थापा र जवान बिष्णुबहादुर खड्कालाई थुनामा राख्ने आदेश भएको थियो ।

अदालतले सञ्जयबहादुर राउत, दिवेश लोहनी, गोविन्द प्रसाद निरौला, विकासराज खनाल, एल बि मगर भन्ने लालबहादुर मगर, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, भुजुङ्ग गुरुङ, प्रजित केसी र दोराम खत्रीको पेसी आइतबार तोकेको हो।

यस्तै माधव भन्ने मदनप्रसाद घिमिरे, आर के भन्ने राजेन्द्रकुमार शाक्य, तुलाराम थारु, वीरेन्द्रमान श्रेष्ठ, अमरमान डंगोल, श्यामबहादुर खत्री, राजु महर्जन, बालकृष्ण सन्जेल, कपिलराज पुरी, मदन सिलवाल, रामकुमार तिवारी, फाल्दुङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की र लाक्पा शेर्पाको पेसी समेत ३ नम्बर इजलासमै तोकेको हो ।

यस्तै हाजिरी जमानीमा छोडेका ठाकुरप्रसाद ढुङ्गाना सञ्चालक रहेको एवल टुर्स एण्ड ट्राभल्स तथा कान्तिपुर होलिडेजका तर्फबाट अधिकार प्राप्त रामहरी सुवेदीले दिएको निवेदन उपर आइतबार सोही इजलासमा पेसी तोकिएको हो ।

आरोपीहरुले पुर्पक्षका लागि थुनामा नराखी साधारण तारेखमा रिहा गरेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दिएका हुन् । सुनसरीको झुम्का कारागारसहित मोरङ कारागार र केन्द्रीय कारागारमा बन्दी रहेका उनीहरुले फरक–फरक मितीमा निवेदन दिएका थिए । नयाँ पेज बाट