पूर्व प्रधानमन्न्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण दुई देशबीच विगतमा भएका सहमति कार्यान्वयनमा केन्द्रित रहेको बताउनु भएको छ ।

‘मैले जानुअघि नै भनेको थिए, दुई देशबीच भएका सहमति कार्यान्वयनमा सहयोग पुर्याउने मात्रै मेरो उदेश्य छ’ तीन दिने भ्रमणपछि फर्कनु भएका अध्यक्ष दाहालले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘भ्रमणमा त्यही बिषयमा छलफल भयो । डुबान समस्या कसरी समाधान गर्ने ? भन्ने बारे छलफल भयो । पश्चिममा भारतले निर्माण गरिहेकाे सडक बारे पनि कुरा उठाएँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्व प्रधानमन्त्री दाहाल बिहिबार भारत जानु भएको थियो । तीन दिने भ्रमणपछि आइतबार दिउँसो काठमाडौ फर्कनुभएका दाहाललाई स्वागत गर्न महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र पूर्व उपप्रधानमन्त्री वामदेव गौतम विमानस्थल पुग्नु भएको थियो । अध्यक्ष दाहालले भारत भ्रमण उपलब्धीमुलक भएको बताउनु भयो । जनता समाचार बाट