काठमाडौं । रोल्पा नगरपालिका तरुण दलका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको छ । रोल्पाको सुलिचौरमा पाण्डेश्वरी यातायात प्रालिको उद्घाटन गर्न पुगेका उनको गोली हानी हत्या गरिएको थियो ।

उनलाई देव भन्ने व्यक्तिले गोली हानेका थिए । गोली हानेपछि देवले प्रहरीसँग आत्मसमर्पण गरेका छन् । देव नेकपा निकट रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले घटनाको पुष्टि गर्दै गोली हान्ने व्यक्ति प्रहरी नियन्त्रणमा रहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार रोहितलाई सुलिचौरमा रहेको एक रेष्टुरेन्टमा गोली हानिएको थियो । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।