दमक/लायन्स क्लव अफ दमक ग्रीनसिटीले स्वास्थ्य बिमा सम्बन्धि सचेतना फैल्याउने उदेश्यले गरिब परिवारको स्वास्थ्य बिमा गरिदिएको छ । दमक वडा नंं ४ स्थित सिएमए टोलका अति बिपन्न ८ परिवारको पुर्ण रुपमा र १६ परिवारको आँशिक रुपमा स्वास्थ्य बिमा गरेको जानकारी दिइएको छ ।

लायन्स क्लव अफ दमक इन्टरनेश्नल डिष्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर लिला ढुंगेल सहभागि रहेको कार्यक्रममा लायन्सकर्मी डा. सुर्यनारायण शाह ला्गायतको उपस्थिति रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्लवका कुबेर भट्टराइका अनुसार स्वास्थ्य बिमा बारे स्थानीयलाइ जागृत बनाउन गरिएको कार्यक्रममा अति बिपन्न स्थानीय नेत्रकुमारी बाँतरलाइ केहि खाद्यन्न समेत सहयोग गरिएको थियो ।

क्लवका अध्यक्षदेबेन्द्र भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति ढुंगेलले लायन्सले यसप्रकारका मानवीयमा सेवा आधारित कार्यक्रम गरेर समाजमा उदाहरण प्रस्तुत गरेको भन्दै लायन्सकर्मीहरुलाइ धन्यवाद दिएका थिए ।