गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा अदालतबाट सफाइ पाएका छविलाल पौडेल जेल मुक्त भएका छन्।

डिल्लीबजार कारागारबाट आज बिहान रिहाइपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले पीडितले आफ्नो क्षमताले नभई घटनाको वास्तविक्ता नै नबुझेर आफूविरुद्ध उजुरी हालेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रिहाई भएपछि पत्रकार उत्तमराज पन्तसँग कुरा गर्दै पौडेलले भने,‘कृष्णप्रसाद मेरो विद्यार्थी हो, उसको घटनाले मलाई पनि निकै दुःखी तुल्याएको थियो, अहिले बुझ्नेले कुरा नबुझेपछि मनमा पीर त पर्ने नै भयो भनेजस्तै भएको छ।’

अधिकारी दम्पत्तीले कुरा नबुझेर दिएको उजुरी भएकाले उनीहरुलाई नै अहिले पछुतो भएको हुन सक्छ भन्ने उनको भनाई थियो ।

तस्विर : उत्तमराज पन्त/ रिपोटर्स नेपाल बाट