२५ भदौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनहीनता मौलाएको भन्दै आफू चुप लागेर नबस्ने बताएका छन् ।
जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा सोमबार नेपालगञ्जमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सभापति देउवाले पार्टीभित्र स्वार्थी जमातको वर्चश्व बढ्दै गएको बताए ।
‘विपीले थिति बसाएको पार्टीमा अहिले बेथिति बढ्दै गएको छ’, उनले भने, ‘अनुशासनमा नबस्ने स्वार्थी जमातका विरुद्ध म चुप लागेर बस्दिनँ ।’ उनले गलत गर्ने र गलत प्रविृत्ति बोक्ने कायकर्तालाई पार्टीबाट निष्कासन सम्म गर्न सकिने चेतावनी दिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको भन्दै त्स्तो प्रवृत्ति अन्त्यका लागि अब आफूले कडा कदम चाल्ने बताए । ‘हामी अरुका कारणले चुनाव हारेका होइन, आपm्नै कारणले हारेका हौँ’, उनले भने, ‘आफ्नाले नै दुश्मन देख्ने प्रवृति नै हारको मुख्य कारण हो ।’
वर्तमान सरकार तानाशाही बाटोमा हिँडेको भन्दै उनले लोकतान्त्रिक पद्धति छोड्दै जानेको आयु छोटो हुने बताए । उनले सरकारले आफ्नो आयु आफैले घटाउँदै लगेको आरोप समेत लगाए । सरकारले सबै संरचना भत्काउँदै गएबाट उसको यात्रा अधिनाकयवादको भएको प्रस्ट भएको उनको दावी थियो ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस बाँकेले आयोजना गरेको कार्यक्रमका सहभागिलाई महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महत लगायतका नेताले प्रशिक्षण दिने बताइएको छ ।










