काठमाडौं । नयाँ मुलुकी ऐन अनुसार अब समाचार लेखेबापत जेल सजाय हुनसक्ने भएपछि त्रास बढिरहेको छ । नयाँ मुलुकी ऐनलाई नै टेकेर समाचार लेखेकै भरमा खोजतलास डट कम र खोजतलास साप्ताहिकका अध्यक्ष एवं प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ आदेश दिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले सुशील खनालको जाहेरीको आधारमा पक्राउ गर्ने आदेश दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्युतीय कारोवार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धानको शिलशिलामा प्रधानसम्पादक बस्नेतलाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट भदौ २४ गते पक्राउ पूर्जी आदेश जारी भएको भन्दै पक्राउ गर्न थालिएको प्रहरीले जनाएको छ ।