खेम बम

भिडियोः धर्म कठायत

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कञ्चनपुर । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानमा रहेको प्रहरीले बम दिदीबहिनीलाई हिरासतमा राख्नुको कारणबारे प्रष्ट पारेको छ । प्रहरीले म्याद थप गरी पुर्पक्षका लागि थुनामा राख्न पाउने अधिकार अनुरुप अनुसन्धान प्रक्रियालाई अगाडी बढाइएको दाबी गरेको हो ।

कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जनता समाचार डटकमसँग कुरा गर्दै भन्नुभयो–‘पुरानो अनुसन्धान अध्ययनको पाटो भएको छ, नयाँ अनुसन्धान जारी छ ।’ बम दिदीबहिनीहरुले निर्मला हत्याको बिषयमा कुनै थाहा नभएको वकिल कार्यालयमा बताएको उहाँले जानकारी दिनुभयो । शुरुमा केही शंका देखिएकाले नियन्त्रणमा लिएको र त्यसबाट केही रहस्य बाहिर आउँछकी भन्ने हेतुले हालसम्म दिदीबहिनीलाई नियन्त्रणमा राखेको उहाँले बताउनुभयो । बम दिदीबहिनी रोशनी र वविताबाट चित्तबुझ्दो जवाफ नआए अदालती प्रक्रियामा तारेखमा छोड्ने या अन्य प्रक्रिया जाने भन्ने सरकारी वकिलले निर्णय गर्ने उहाँले बताउनुभयो ।

जनता समाचार बाट

भिडियो हेर्नुहोस्ः

https://youtu.be/kjFNZ68MBAg