काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रशासकहरुले आफूलाई शासकका रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानुन र न्यायसम्बन्धी तीनमहिने सेवाकालीन तालिममा सम्बोधन गर्दै थापाले राष्ट्रका समृद्धि र विकासमा योगदान गर्ने उद्देश्यसहित सबै प्रशासकले काम गर्नुपर्ने बताउनुभयो ।
विकासका लागि भ्रष्टाचार प्रमुख बाधक भएकाले त्यसलार्इ नियन्त्रण गर्न सबैको साथ र समर्थन आवश्यक रहेको थापाको भनाइ छ । उहाँले भन्नुभयो, ‘केही प्रशासक भ्रष्टाचार गर्छन्, काममा जानाजान ढिलासुस्ती गर्छन् भन्ने आरोप लाग्ने गरेको छ । यसलाई तपाईंहरुले चिर्नुहोस् ।’










