ब्लडमनी तिर्न नसक्दा दुई बर्ष देखि साउदी जेलमा रहेका धवाङ -१० रोल्पाका दिलबहादुर घर्तीमगर जेलमुक्त भएका छन्।

साउदी को रियाद स्थित मजिद अल डिएबिहि कन्ट्रेक्टिङ कम्पनीमा कार्यरत घर्तीले चलाएको सबारि दुर्घटना हुदा साउदीका एक स्थानीय नागरिक घाइते भइ उपचार को क्रममा मृत्यु भएपछी मृतकका आफन्तले घर्ती विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घर्ती विरुद्ध दायर मुद्दामा अदालतले ६७ लाख रुपैयाँ ब्लडमनिको फैसला सुनाएपछी दुई बर्ष देखि साउदी जेलमा जेल जीवन बिताउदै आएका उनी शनिबार ब्लडमनि बुझाएपछी रिहा भएको साउदी स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

जेलबाट रिहा भएका घर्तिलाइ आबस्यक कानूनी र कागजी प्रक्रियाका लागि साउदी स्थित ट्राफिक प्रहरी कार्यलय लगिएको र केहि दिनमा सबै प्रक्रिया पूरा गरि नेपाल फर्काइने दूतावास स्रोतले बताएको छ।घर्ती साउदीस्थित नेपाली दुतावासका प्रतिनिधिको रोहबारमा रिहा भएका हुन् ।

घर्तीलाई बचाउन नेपाल सहित विभिन्न देशमा रहेका नेपालीहरुले ब्लडमनि सङ्कलन गरि बुझाएका थिय ।