आनन्द गुरुङ काठमाडौं । ठमेलको ज्याठामा एकाबिहानै ग्यासका सिलिण्डर पड्किएको छ । सिलिण्डर पड्किने क्रम जारी रहेकाले ठमेल क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ । दमकल पठाइएको छ । सुरक्षाकर्मी परिचालन गरिएको छ । क्षति विवरण आउन आउन बाँकी छ ।

थप अपडेट प्रारम्भिक सूचना अनुसार, काठमाडौं–२७ ज्याठा चोकमा सुवर्ण स्थापितको घरमा ग्यासका सिलिण्डर पड्किएको भनिएको छ । स्थापितको घरमा ट्रेकिङ सञ्चालक कम्पनीले अक्सिजनलगायतका ग्यास राखेको र त्यही ग्यास पड्किएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहान ४ बजेर ३७ मिनेट जाँदादेखि लगातार ग्यास पड्किएको थियो । घटनास्थलपुग्न सुरक्षाकर्मीलाई निकै गाह्रो भएको छ । भ¥याङ चढेर सुरक्षाकर्मी घटनास्थल पुगेका छन् । घटना थाहा पाएर स्थानीयको ठूलो भीड छ । सञ्चारकर्मीहरु घटनास्थल पुग्नै सकेका छैनन् ।