प्रधानन्यायाधिशमा अस्वीकृत भएका दीपकराज जोशी एक महिना विदापछि न्यायाधिशको हैसियतमा सर्वोच्चमा फर्किएका छन् ।

तर, उनको हातमा कुनै पेसी नहुँदा कामविहीन अवस्थामा छन् । हिजो मात्र नियुक्ति पाएका ओमप्रसाद मिश्रले अन्य न्यायाधिशको नाममा पेसी तोके पनि जोशीको नाममा कुनै पेसी नपरेपछि कामविहीन भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता संसदीय सुनुवाइबाट अस्वीकृत भएका जोशीलाई सर्वोच्च अदालतको काममा फर्केमा महाअभियोगको सामना गर्न तयार रहन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चेतावनी दिएको छ ।

संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेको व्यक्ति न्यायाधीशका लागि अयोग्य हुने भएकाले सर्वोच्च फर्कन नमिल्ने नेकपाको तर्क छ । तर, जोशीले बिदा समाप्त भए लगत्तै आफू सर्वोच्च फर्किएपछि नेकपाका सांसदहरुले जोशीलाई महाअभियोग लगाउने सन्देश समेत पठाएका छन् ।

एक कर्मचारीमार्फत जोशीलाई सुनाई दिनु भनी कि त महाअभियोगका लागि तयार रहन नत्र अदालत नफर्कन’ भनिएको स्रोतले जानकारी दिएको छ । जोशीले प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई आफैले सर्वोच्च परिसरमा स्वागत गरेका थिए । पदभार हस्तान्तरणसँगै आयोजित पत्रकार सम्मेलनमा समेत उनी मिश्रसँगै बसेका थिए । मिश्रलाई जोशीको बारेमा प्रश्न गर्दा सबै जना मिलेर जाने बताएका थिए ।

नेकपाका एक नेताले हिजै जोशीलाई महाअभियोग लाग्ने सन्देश अदालतका एक कर्मचारीमार्फत पठाएको बताएका छन् । पहिलो विकल्पको रुपमा राजीनामा गरेर अदालत र आफ्नो गरिमा बचाउन समेत उनीहरुको सन्देशमा भनिएको छ । तर राजीनामा दिने कुरामा जोशीले अस्वीकार गर्दै आएका छन् ।

राजीनामा दिने, नदिने विषयमा जोशीले भने, ‘अहिले यस्तो कुनै पनि योजना छैन । म न्याय सम्पादानका लागि सर्वोच्च फर्किन्छु, अहिले यति मात्र सोचेको छु ।’ यसअघि सुनुवाइ समितिबाट जोशीको नाम अनुमोदन नभएपछि उनले राजीनामा दिनुपर्ने कानुनविद्हरुले बताउँदै आएका थिए ।

जोशीको नाम सुनुवाइ समितिबाट अस्वीकृत भएपछि मिश्रको नाम संवैधानिक परिषद्ले भदौ ७ गते सिफारिस गरेको थियो । सुनुवाइका क्रममा चित्तबुझ्दो जवाफ नआएको भन्दै जोशीको नाम गत साउन १८ गते संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेको थियो । करीब एक वर्ष कार्यावधि रहेका जोशी मिश्रले अवकाश पाएपछि पुनः वरीयताको पहिलो नम्बरको न्यायाधीश हुनेछन् । नयाँ पेज बाट