अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई पर्ख र हेरको अवस्थामा राख्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
मंगलबारदेखि काठमाडौंमा सुरु भएको ‘नाडा अटो शो’को उद्घाटन समारोहमा अर्थमन्त्री खतिवडाले रिजल्ट खोज्न केही समय पर्खिनु पर्ने बताए । बजेट कार्यान्वयन गरेको दुई महिना भर्खर पुग्न लागेको छ । त्यसो हुनाले अहिले हामीले रिजल्ट खोज्नका लागि केही समय पर्खिनुपर्ने हुन्छ’ उनले भने, ‘हामीले कृत्रिमरुपमा देखाइएका उपलब्धिहरु भोलि बेलुन फुटे झैं फुट्न सक्छन् ।’
सरकार दरिलो आधार भएका उपलब्धिहरुको बाटोमा हिँडेको उनले दाबी गरे । ‘मेरो अनुरोध के छ, तपाईंहरुले यसमा सरकारलाई पर्ख र हेरकै अवस्थामा राखिदिनुस् । राम्रो गर्यो भन्न जरुरी छैन ।’
तर सरकारले ६ महिनामै केही गरेन भन्नु उचित नहुने उनको तर्क । वर्षौदेखि रहेका आर्थिक विकृति र अनुशासनहीनता रहेको भन्दै उनले यसमा सुधारका काम भइरहेको बताए । अनलाइन खबर बाट










