दमक/झापा दमकका एक कपडा ब्यवसायीको बिभत्स हत्या भएको छ । दमक ६ मा कपडा व्यवसाय गर्दै आएका कमल गाउँपालिका वडा नं.–६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको नाटकीय रुपमा हत्या भएको हो । सोमबार साँझ ६ बजेदेखि सम्पर्कमा नरहेका पौडेलको शव मंगलवार बिहान गौरीगञ्ज गाउँपालिका–६ बाह्रदसीमा नालामा भेटिएको थियो ।
सोमबार साँझ श्रीमति दीपासंग मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा गौरीगन्ज गएका थिए । त्यहाँ सद्धाम हुसेन नामका स्थानीय घुमन्ते ब्यापारीले ९० हजार रुपिया कपडाको पैसा दिन भनेर बोलाएपछि उनिहरु त्यहाँ गएको बताइन्छ ।
मोटरसाइकल, हेलमेट, मोबाइल फोन र व्याग यत्रतत्र रहेको प्रहरीले बिहान फेला पारेको थियो । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा गौरीगञ्जका सद्धाम हुसेनलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रमुख टेकेन्द्र पौडेलले हत्याको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए । घाँटी टाउको लगायत शरिरमा बिभत्स रुपमा धारिलो हतियार तथा चक्कु प्रहार गरेर हत्या गरेको पाईएको प्रहरी भनाइ छ ।
https://www.facebook.com/sawalnepaldigital/videos/551551398628637/श्रीमति दीपालाइ त्यहि गौरीगन्जमा पसलमा बस्दै गर्नु पैसा लिएर आउने भन्दै हुसेनलाइ मोटरसाइकल पछाडि हालेर गएका पौडेल फर्केनन् । अबेरसम्म नफर्केपछि राती ९ बजे इलाका प्रहरी कार्यालय गौरीगन्जमा श्रीमति दीपाले श्रीमान हराएको जानकारी गराएकी थिइन । पौडेलका अनुसार रातभर प्रहरीले खोजेको थियो । बिहान ब्यवसायीको हत्याको खबर पाएका दमक उद्योग बाणिज्य संघका पदाधिकारीहरु घटनास्थल पुगेका थिए । बिभत्स रुपमा छुरा रोपेर हत्या भएको पाईएपछि उनिहरु भावविह्ल बनेका थिए । दिउसो शवबहानमा हालेर ल्याइ केहिबेर इलाका प्रहरी कार्यालय दमकमा शव राखिएको थियो । शव पोष्टमाटमका लागि कहाँ लैजाने भन्ने केहिसमय छलफल भएपछि धरान लैजाने भनेर धरान लगिएको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले घटनामा दोषी कोहि नउम्कने बताए । घटनाको सुक्ष्म रुपमा अनुसन्धान हुने र हत्यामा संलग्नलाइ नछाडिने उनको भनाइ छ ।
यसैबीच दमक उद्योग बाणिज्य संघले हत्यामा संलग्नको पहिचान र कडा कारवाहीको माग गरेको छ । ब्यवसायीक असुरक्षा बढेको जनाउदै सुरक्षाको ग्यारेन्टि गर्न माग समेत गरिएको छ । संघका पदाधिकारी र सदस्यहरु सहभागि भएर मंगलवार पत्रकार सम्मेलन गर्दै दोषीको पहिचान गर्न माग गरिएको हो । अध्यक्ष राजेन्द्र ढकालले हत्याको सत्यतथ्य तत्काल बाहिर नल्याएर आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
https://www.facebook.com/sawalnepaldigital/videos/551551398628637/










