आफ्नै ४ वर्षीया छोरीको हत्या गरेको अभियोगमा बझाङमा एकजना बाबु पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका–७ बस्ने ३६ वर्षीय धनबहादुर ऐरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
ऐरीले केही दिन अगाडि ४ वर्षीया छोरी रोजिना ऐरीको हत्या गरी घर नजिकै मकै बारीमा गाडेको प्रहरीले जनाएको छ । मंगलबार सडिगलेको अवस्थामा बालिकाको शव फेला फेला पारेको प्रहरीले जानकारी दिएको छ ।










