काठमाडौं । पूर्वराजदूत केशवराज झा र कञ्चनपुर महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान जटिल बन्दै गएको छ । पूर्वराजदूत झाको भदौ ४ गते आफ्नै निवासमा हत्या भएको थियो भने बलात्कार पछि हत्या गरिएकी निर्मलाको साउन ११ गते उखुबारीमा शव भेटिएको थियो ।

झाको हत्याको आशंकामा प्रहरीले उनकै घरमा काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएको थियो । हत्या आशंकामा नियन्त्रणमा लिएका तीन जना कामदारको ‘पोलिग्राफ टेष्ट’ गर्दा नेगेटिभ नतिजा आएको छ । पोलिग्राफ प्रविधिले पनि झाको हत्यामा उनीहरु सहभागी भएको पुष्टि नगरेको देखिन्छ । त्यस्तै निर्मला बलात्कार पछिको हत्या प्रकरण झन् रहस्यमय हुँदै गएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हत्या अभियोगमा नियन्त्रणमा लिईएका तिन जना मध्ये दिलीपसिंह विष्टको डिएनए परिक्षण नमिलेपछि उनी रिहा भएका छन् भने निर्मलाको साथी भनिएकी रोशनी बम र दिदी बबिता बमलाई पनि धरौटीमा सामान्य तारिखमा छाडिएको छ ।