नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई काठमाडौं ल्याउने तयारी भएको छ ।
सर्वोच्चले विश्वकर्मालाई ४८ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो । विश्वकर्माको गिरफ्तारीविरुद्ध उनका भाइले आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै ४८ घण्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी भएको थियो ।
सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश जारी गरेको हुँदा विश्वकर्मालाई काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्माले जानकारी दिएका छन् ।
गत साउन २२ गते उनलाई सात करोड चन्दा उठाएको अभियोगमा काठमाडौंबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई बम बिष्फोट, आगजनी र कर्तव्य ज्यान मुद्दा लगाउंदै देशका विभिन्न जिल्लाहरूमा घुमाइँदै आइएको छ । नयाँ पेज बाट










