दमक/नेकपाका नेता हिक्मत कार्कीले युवा संघ झापा र वाइसिएल झापाका अगुवा युवाहरुसंग छलफल गरेकाछन् । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले युवाहरुसंग दमकमा छलफल गरेकाहुन् ।
युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीका अनुसार समसामयिक अवस्था र युवाहरुको भुमिकाको बिषयमा अनौपचारिक रुपमा छलफल भएको थियो ।
मन्त्री कार्कीले युवाहरुले सरकारका नीति तथा कार्यक्रमहरुलाइ कार्यन्वयन गर्न महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा जोड दिएको उनले बताए ।











